१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कपः यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल केहीबेरमा सुरु हुनेछ।  

नेपालले पछिल्ला पाँचमध्ये चार टी- २० आईमा जित निकालेकाले उच्च मनोबलका साथ मैदान उत्रन लागेको हो। यूएईले भने पाँचमध्ये २ मा मात्र जित हासिल गरेको छ।  

समूह 'ए' मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाल अभ्यासका क्रममा दुईसातायता श्रीलंकामा छ। नेपालले श्रीलंका विकास टोलीविरुद्धको तीन खेलको अभ्यास खेल २-१ ले गुमाएको थियो।  

नेपालको यो तेस्रो एसिया कप सहभागिता हो । सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालको यो तेस्रो सहभागिता हो। यसअघिका दुवै स्पर्धामा अंकविहीन हुँदै बाहिरिएको नेपाल यो पटक भने यूएईलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवातको योजनामा हुनेछ।  

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमै रोकिए पनि एसीसीले आठ टोलीको प्रतियोगिता बनाएपछि सेमिफाइनलमा पुग्ने अर्को टोली थाइल्यान्डसँगै नेपालले एसिया कपमास्थान बनाएको थियो । एसिया कपको फाइनल खेलेका यूएई र मलेसिया भने सिधै छनोट भएका थिए। 

प्रकाशित: ४ श्रावण २०८१ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App