२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री स्टार सेमिफाइनलमा प्रवेश

बुटवल – प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले चैत १६ गते पहिलो सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोटर्ससँग प्रतिस्पर्धा गर्नेछ।

बुटवल १२ रामनगरको मानवज्ञान मावि खेलमैदानमा भएको प्रतियोगिता सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक हुँदा पहिलो हाफमा दुवै टोलीबाट गोलको खाता खुल्न  सकेन । दोस्रो हाफअन्तर्गत  खेलको ८४औं मिनेटमा विदेशी टिम हिमालयन एफसीका स्वदेशी खेलाडी तीर्थ बस्नेतले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाउन सफल भए।

हिमालयनका खेलाडीले खुसी साट्न पाएको दुई मिनेटपछि नै थ्री स्टारका विदेशी खेलाडी लावलले  गोल गरेर खेललाई बराबरीमा पुर्याए । इन्जुरी समयमा थ्री स्टारका अर्का खेलाडी मार्टिनले गोल थप्दै आफ्नो टोलीलाई २–१ को जित दिलाए।

थ्री स्टरका विदेशी खेलाडी मार्टिन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपियाँ नगद पुरस्कार पाए । बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । यो मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १५ चैत्र २०७४ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App