१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेस्रो ट्वान्टी–२० खेलमा भारतद्वारा जिम्बाब्बेसामु १८३ रनको लक्ष्य

जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारतले  १८२ रन बनाएको छ।

जिम्बाबेको हरारेमा भएको यो खेलमा भारतका कप्तान शुभमन गिलले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर  १८२ रन बनाएको हो ।

भारतका लागि सबै भन्दा बढि कप्तान शुभमन गिलले ६६ रन बनाए । उनले ४९ बलमा ७ चौक्का र ३ छक्का प्रहार गरेका थिए । त्यसै गरी रुतुराज गायकवाडले ४९, यशस्वी जैस्वालले ३६, सञ्जु सैमसनले १२ तथा  अभिषेक शर्माले १० रन बनाए । 

जिम्बाबेका लागि कप्तान सिकन्दर रजा र ब्लेसिङ मुजराबानीले दुई दुई विकेट लिए । 

पाँच  शृंखलाको यो खेलमा दुवै टोलीले एक एक खेल जितेका छन् । विश्कप जिते लगतै जिम्बाबेको भ्रमण गएको भारतीय टोली पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जिम्बाबेलाई १०० रनले हराएको थियो।

प्रकाशित: २६ असार २०८१ १८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App