२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि हार्‍यो

श्रीलङ्काको भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि पराजय भोगेको छ । 

नेपाली  राष्ट्रिय टोली श्रीलङ्का क्रिकेट बोर्डको महिला विकास टोलीसँग पराजित भएको हो । 

बुधबार सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य श्रीलङ्का क्रिकेट बोर्डको महिला विकास टोलीले अन्तिम बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलङ्का क्रिकेट बोर्डको महिला विकास टोलीकी सेनार्थेले सर्वाधिक २७ रन बनाइन्। सन्दीपानी १९ र इमिका मेन्डिसले १७ रनमा आउट हुँदा मनारा १६ रनमा अविजित रहिन्।

नेपालकी पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, इन्दु बर्मा र सबनम राईले समान एक विकेट लिइन्।पहिलो अभ्यास खेलमा नेपाल मंगलबार ३३ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेल जुलाई १६ मा दिन हुनेछ ।

एसिया कपको उद्घाटन खेलमा नेपालले युएई विरुद्ध जुलाई १९ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान समेत रहेका छन् ।

प्रकाशित: २६ असार २०८१ १६:५३ बुधबार

#Nepali women's cricket team #Sri Lanka Cricket Board