२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पहिलो अभ्यास खेलमा श्रीलङ्कासँग नेपाली महिला टोली पराजित

एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का विकास टोलीसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको हो।

वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले निर्धारित पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १७ र सिता राना मगरले ११ रन जोडिन् ।

पहिला ब्याटिङ गरेको श्रीलंकन टोलीले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। नेपालका लागि सबनम राईले ३ विकेट लिइन् ।

नेपालले अब दोस्रो अभ्यास खेल बुधवार खेल्नेछ। तेस्रो अभ्यास खेल भने जुलाई १६ का दिन हुनेछ । नेपालले एसिया कपको उद्घाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ। नेपालको समूहमा भारत र पाकिस्तान पनि छन् ।

प्रकाशित: २५ असार २०८१ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App