२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय खुला अपहिल रन असार ८ मा

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुने भएको  छ ।
दौड २१ किलोमिटर दूरीको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्य समेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए । २ सय बढी प्रतिस्पर्धी सहभागी हुने बताइएको छ ।
शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए । दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिने छ । 

दौडको रुटमा सहभागीहरुले करिब ३ हजार फिट उचाई पनि तय गर्ने छन् ।रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र ८ वटा बाइक परिचालन गरिने छ ।प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ । महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App