आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा पाकिस्तानले टस जितेर भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएकाे छ।
आइतबार नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ राेजेका हुन्।
नेपाली समय अनुसार ८: १५ बजे हुने भनिएको खेल हल्का वर्षाका कारण केही समय ढिला सुरू हुने भएकाे छ। खेल सुरु हुनु ९० मिनेट अघिदेखि वर्षा सुरु भएको थियो।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ। अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने हुन्छ। पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो।
भारत: रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेट कीपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज
पाकिस्तानः बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेट कीपर), उस्मान खान, फखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वासिम, शाहीन अफ्रिदी, हरिस रौफ, नसीम शाह, मोहम्मद आमिर
प्रकाशित: २७ जेष्ठ २०८१ २०:२० आइतबार