२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ऋषभ पन्तको सानदार पारीले गुजरातमाथि दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ। गयराति सम्पन्न खेलमा साविक उप विजेता गुजरात टाइटन्सलाई ४ रनले हराउँदै दिल्लीले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२४ रन बनायो। २२५ रनको लक्ष्यसहित मैदान उत्रेको गुजरातले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २२० रन मात्रै बनाउन सक्यो।

दिल्लीको जितका लागि कप्तान ऋषभ पन्तले नट आउट रहँदै सानदार ८८ रनको पारी खेले भने अक्षर पटेलले ६६ रन बनाए।

गुजरातलाई जितबाट रोक्नका लागि भने रसिक सलामले सर्वाधिक ३ विकेट हात पारे भने कुलदिप यादवले २ विकेट लिए।

गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ६५, डेविड मिलरले ५५ र विरद्धमान साहले ३९ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन।

जितसँगै दिल्लीले अङ्क तालिकामा फड्को मार्दै छैटौँ स्थानमा उक्लेको छ भने गुजरात तल झर्दै सातौँ स्थानमा पुगेको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App