२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल आउने वेस्ट इन्डिज टिमको घोषणा

वेस्ट इन्डिज क्रिकेट काउन्सिलले नेपाल भ्रमण आउने आफ्नो टोलीको घोषणा गरेको छ।

रोस्टन चेसको कप्तानीमा इन्डिज क्रिकेट काउन्सिलले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

कप्तान चेससहित एलिक अथान्जे, फावियन एलन, कदीम एलेन, जोसुवा विसोप, किसी  कार्टी, जोनसन चाल्र्स, मार्क डेयल, एन्ड्रे फ्ल्चर, म्याथ्यू फोर्ड, ओब्ड म्याकोय, गुडाकेस मोटी, किमो पोउल, ओसान थोमर र हेडेन वाल्स रहेका छन्।

यहि वैशाख १५ गतेबाट वेस्ट इन्डिजले नेपालसँग ५ टी–२० खेल खेल्न लागेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने हुने पाँच वटै खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। नेपाल आउन लागेको वेस्टइन्डिजको यो पहिलो भ्रमण हो। जसलाई ऐतिहासिक मानिएको छ।

प्रकाशित: ११ वैशाख २०८१ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App