नेपालको ब्याटिङ धरमराएको छ। विकेट खस्ने क्रम रोकिएको छैन। एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालको चौथो विकेट पनि पतन भएको छ। ५ बल खेलेको कुशल मल्ल तीन रन बनाउन मात्र सफल भए। उनी वसिल हमिदको बलमा आउट भएको हुन।
यसअघि क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।
यसअघि नेपालका आशिफ शेख ११ बलमा ८ रन बनाएर आउट भएका थिए। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।
यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए। उनी जुनैद सिद्दिकीको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।
ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
नेपालले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ।
प्रकाशित: ७ वैशाख २०८१ १२:३८ शुक्रबार