१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पहिलो बलमै कुशल भुर्तेल आउट

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले शून्य रनमै पहिलो विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको नेपालका कुशल भुर्तेल शून्य रनमै आउट भएका हुन्।

उनलाई युएईका जुनैद सिद्धकीको बलमा सइद हैदरले क्याच आउट गरेका हुन्।

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेरमा सुरु हुने खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ वैशाख २०८१ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App