३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आजदेखि ह्विलचेयर बास्केटबल सुरु, १३ टोलीले प्रतिस्पर्धा गर्ने

उपत्यकास्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

जसमा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफसहित जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लब, विइन, ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए), स्पाइनल कट इन्ज्युरी नेटवर्क नेपाल, बिआइए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले प्रतिस्पर्धा गर्ने भएका छन्।

यी आठ क्लबका ६ महिला र ८ पुरूष गरी १३ वटा टोली बनाएको संघका अध्यक्ष देवी आचार्यले जानकारी दिइन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ४० हजार रूपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोररले २५ हजार रूपैयाँ पाउनेछन्। मोस्ट भ्यालुएबल प्लेअरलाई २५ हजार रूपैयाँ दिने उनले बताइन्।

प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई जर्सीको व्यवस्थासहित एक हजार रूपैयाँका दरले यातायात खर्च र प्रतियोगिताभर खानाखाजाको समेत उपलब्ध गराइएको आचार्यले जानकारी दिइन्। यस प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार पाँच सय रूपैयाँ लाग्ने संघले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App