३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ऋषभ पन्तलाई लाखौँको जरिवाना

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दिल्ली क्यापिटल्स र कप्तान ऋषभ पन्तलाई दण्डित गर्दै लाखौँ रुपैयाँ जरिवाना तोकेको छ।

जारी इन्डियन प्रिमियर लिगमा आचारसंहिता अनुसार टिम र टिमका कप्तान दुबैमाथि बीसीसीआइले जरिवाना तोकेको हो।

आईपीएलको यस सिजनमा लगातार दोस्रो पटक स्लो ओभर रेटका कारण पन्तमाथि २४ लाख भारतीय रुपैयाँ र दिल्ली क्यापिटल्सको प्लेइङ्ग ११ का खेलाडीमाथि जरिवाना तोकिएको हो। प्लेइङ्ग ११ का खेलाडीमाथि ६ लाख वा खेलाडीको म्याचको फिस अनुसार २५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ।

यसअघि दिल्लीले चेन्नई सुपर किङ्ग्सविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवाना तिरेको थियो।

प्रकाशित: २२ चैत्र २०८० १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App