३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आईपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

विशाखापटनममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता आजको खेलमा जित निकाल्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ भने ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली आफ्नो दोस्रो जितको खोजिमा रहने छ।

हालसम्म २ खेल खेलेको कोलकोत्ता दुबैमा जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने तीन खेल खेलेको दिल्ली १ जित हात पार्दै अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: २१ चैत्र २०८० ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App