३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

चेन्नईमाथि २० रनको जित निकाल्दै दिल्लीले खोल्यो खाता

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जितको खाता खोलेको छ। गयराति सम्पन्न खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई २० रनले हराउँदै जारी सिजनमा दिल्लीले पहिलो जित हात पारेको हो।

विशाखापटनममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १९१ रन बनायो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो।  

दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाउँदा कप्तान ऋषभ पन्तले ५१ रन बनाए भने पृथ्वी सँले ४३ रनको पारी खेले। चेन्नईका लागि मथिशा पाथिरानाले सर्वाधिक ३ विकेट लिँदा मुस्ताफिजुर रहमान र तुसार देशपाण्डेले समान एकएक विकेट लिए।

यता चेन्नईका लागि अजिङ्क्या रहाणाले सर्वाधिक ४५ रन बनाउँदा पूर्व कप्तान महेन्द्र सिंह धोनीले नट आउट रहँदै ३७ रन बनाए। डेरिल मिचेलले ३४ रन बनाउँदा रविन्द्र जडेजाले नट आउट रहँदै २१ रन बनाए।

जितको खाता खोलेपनि दिल्ली अङ्क तालिकाको सातौँ स्थानमा छ जबकी पराजित भएको चेन्नई दोस्रो स्थानमा रहेको छ।

आइतवार नै भएको पहिलो खेलमा भने गुजरात टाइटन्सले जित हात पारेको छ।

अहमदावादमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले हराउँदै गुजरातले जित हात पारेको हो।

प्रकाशित: १९ चैत्र २०८० ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App