२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोर्खाली र एपिएफलाई रग्बी च्याम्पियनसिपमा सफलता

नेपाल पुलिस (रातो) र गोर्खाली रग्बी क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै। तस्बिर : नागरिक

गोर्खाली रग्बी क्लब र एपिएफ क्लबले आइतबार काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगितामा गोर्खाली रग्बीले नेपाल पुलिस क्लब र एपिएफले साबिक विजेता आर्मीलाई हराएका हुन्। पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्‍यो। दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो।

दोस्रो खेलमा एपिएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गर्‍यो। पहिलो चरणको खेलमा जित निकाल्दै गोर्खाली र एपिएफले समान दुई अंक जोडेका छन्। लिग चरणमा हुने प्रतियोगिताका शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपिएफ गरि चार टोली सहभागी छन्। दोस्रो चरणको खेल बुधबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख रूपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ।

दोस्रो हुने टोलीले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्बी टिम निर्माण गर्ने नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन्।

गोर्खाली पछिल्ला चार संस्करणको उपविजेता टोली हो। आर्मी भने गत चारै संस्करणको विजेता हो। प्रतियोगिता फागुन ६, ९ र १२ गते सञ्चालन हुनेछन्। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई यस वर्षदेखि रनिङ ट्रफी प्रदान गरिँदै छ।

यस प्रतियोगितामा एउटा क्लबले पाँच विदेशी राख्न पाउने र तर एक पटकमा तीन खेलाडी मात्र मैदान प्रवेश गराउन पाउनेछ। नेपालले बंगलादेशलाई रग्बी फिफ्टिनको दुई देशीय प्रतियोगिता खेल्न निम्त्याउन लागेको छ।

प्रकाशित: ७ फाल्गुन २०८० ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App