१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

चाँदबाग स्कुलमा कम्फेस्ट

द चाँदबाग स्कुलको आयोजनामा दोस्रो कम्फेस्ट आइतबारदेखि हुने भएको छ।

कम्फेस्टमा बास्केटबल, फुटबल लगायत शिक्षातर्फ विभिन्न विधाको प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागका प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठले जानकारी गराए।

यु–१२ बास्केटबलको ब्वाइज/ गर्ल्समा समान १२/१२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ।

यु–१२ उमेरसमूहकै फुटबलमा २२ ब्वाइज टोलीले भाग लिनेछन्। खेल लिग कम नकआउट पद्धतिमा हुनेछ। फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बाँसबारीस्थित आयोजककै हातामा हुनेछ। प्रतियोगिता फागुन ११ गतेसम्म चल्नेछ।

प्रकाशित: ५ फाल्गुन २०८० १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App