४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

विजेता एनआरटी।

न्युरोड टिम (एनआरटी) ले पहिलो ‘एनआरएनए इलाम गोल्डकप’ को उपाधि चुमेको छ। शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीले बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमायो।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे। एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए।

बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे। झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए। बिर्तामोड टिमका हिसुब थपलिया फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन्। रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो भने आठ टिम सहभागी थिए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीतर्फ गोलकिपर एनआरटीका प्रिसो, मिल्ड फिल्डर बिर्तामोडका योगेश गुरुङ, फरवर्ड एनआरटीका राजीव लोप्चन, डिफेन्डर बिर्तामोडका सञ्जित राई, प्रशिक्षक एनआरटीका हरिहोम श्रेष्ठ, राइजिङ प्लेयर रेडहर्सका विवेक मगर, सर्वाधिक गोलकर्ता रेडहर्सकै नवयुग श्रेष्ठ र सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए।

प्रकाशित: १३ माघ २०८० १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App