३ असार २०८१ सोमबार
image/svg+xml
खेल

मंगलबारदेखि अक्षरा कप

अक्षरा स्कुलको आयोजनामा प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा ४४ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन्। ब्वाइज/गर्ल्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टोली सहभागी हुनेछन्।

मिक्स जुनियरमा सहभागी टोलीले कम्तीमा २ गल्र्स खेलाडीलाई समावेश गर्नुपर्नेछ। नकआउट आधारमा हुने प्रतियोगिताका खेलह काँडाघारीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ। अक्षराका इसिए कोओर्डिनेटर किरण कटुवालले नगद पुरस्कारको पनि व्यवस्था रहेको बताए। अक्षराका शैक्षिक निर्देशक विष्णुप्रसाद पनेरु र बास्केटबल प्रशिक्षक विजयकुमार खत्रीले प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए।

प्रकाशित: १३ माघ २०८० ०३:०७ शनिबार

मंगलबारदेखि अक्षरा कप अक्षरा स्कुल