५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

यू १९ विश्व कप क्रिकेट : आज तीन खेल हुँदै ,नेपालले भोलि न्युजिल्यान्डसँग खेल्ने

आइसीसी यू १९ विश्वकप क्रिकेट अन्र्तगत आज तीन खेल हुँदैछ। आज स्कटल्याण्ड र  इग्ल्याण्ड , बंगलादेश र भारत तथा पाकिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ। सबै खेल नेपाली समय अनुसार आज दिउँसो १ :४५ बजे देखि सुरु हुनेछ।  

हिजो देखि सुरु भएको आइसीसी यू १९ विश्वकपमा आयोजक दक्षिण अफ्रिका र आयरल्यान्डले आ आफ्ना खेल जितेका छन।दक्षिण अफ्रिकाले वेष्ट इण्डीजलाई तथा आयरल्यान्डले अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेका हुन।  समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ। नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। यस समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।नेपाली समयअनुसार खेल भोलि दिउँसो १:४५ बजे सुरु हुनेछ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्। त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन्।सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

प्रकाशित: ६ माघ २०८० ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App