१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रोयल र बालुवाटारको जित

काठमाडौं – रोयल पिसी फाइटर्स र बालुवाटार क्रिकेट एकेडेमीले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

मूलपानी क्रिकेट मैदानमा शनिबार रोयल पिसीले लर्डबुद्ध क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दा बालुवाटारले आइओई पुलचोकमाथि १ विकेटको रोमाञ्चक जित हात पा¥यो।

लर्डबुद्धले प्रस्तुत गरेको ६६ रनको सामान्य लक्ष्य रोयल पिसीले ८.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा ग¥यो । रोयल पिसीका कप्तान रविन जोशीले अविजित ४३ रन जोडे।

यसअघि टस जितेर सुरुआती ब्याटिङ रोजेको लर्डबुद्ध ब्याटिङमा जम्न नसक्दा १३.४ ओभरमा मात्र ६६ रनमा समेटिएको थियो । लर्ड बुद्धका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। रोयल पिसीका मेहबुब आलमले ४, दीपेश खत्रीले ३ तथा शमशेष चन्दले २ विकेट लिए ।

अर्को खेलमा बालुवाटारले आइओईलाई पराजित गरेको हो । आइओईले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्य बालुवाटारले अन्तिम ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । बालुवाटारका अमर सिंह रौटेलाले सर्वाधिक २३ रन जोडे।
यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको आइओईले १९.५ ओभरमै ८६ रनमा समेटिएको थियो । आइओईका अमन नाथले सर्वाधिक ३० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

 

प्रकाशित: २१ माघ २०७४ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App