२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तुलसी खेलकुद विभाग संयोजक

आइटिएफ तेक्वान्दोकी खेलाडी तुलसी थापामगर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनीत भएकी छन्।

फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले खेलकुद तथा युवाको समग्र विकासमा क्रियाशील तुलसीलाई विभागको संयोजकको जिम्मेवारी दिएकी हुन्।

आइटिएफकी खेलाडी तुलसीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि गर्दै आइरहेका छिन्। उनी हाल नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघको कोषाध्यक्ष, नेपाल मुआथाई संघ र नेपाल आइटिएफ तेक्वान्दो महासंघको केन्द्रीय सदस्यसमेत हुन्।

फाउन्डेसनले युवा तथा खेलकुदको क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकी उनलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।

‘संयोजक तुलसी थापामगरले विभागका कार्यक्रमलाई अझै परिस्कृत र व्यापक बनाउन कार्य गर्नुहुने विश्वास लिएकी छु। फाउन्डेसनबाट आगामी दिनमा देशव्यापी रूपमा खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिनेछ। उहाँलाई फाउन्डेसनले दुई वर्षको लागि संयोजकका रूपमा मनोनयन गरेको छ,’ फाउन्डेसनद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ। 

प्रकाशित: ३ पुस २०८० ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App