२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

किन सरे नेपाल सुपर लिगका खेलहरू?

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ। दशरथ रङ्गशालामा हुने आज र भोलिको खेल तालिकाको समय एकदिन पर सारिएको लिग व्यवस्थापन समितिले जनाएको छ।

लिग व्यवस्थापन समितिले सूचना जारी गर्दै दशरथ रङ्गशालामा भोलि त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको आयोजना गरिने भएकाले खेल तालिका परिवर्तन गरिएको जनाएको हो।

समितिका अनुसार आजका लागि तय भएको काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीको खेल भोलि साँझ ६ बजेबाट सुरु हुनेछ भने भोलिका लागि तय भएको सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीचको खेल पर्सि मङ्गलवार दिउँसो १ बजेबाट हुने छ।

प्रकाशित: १ पुस २०८० ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App