२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

स्पेन – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा पराजित भएको छ।  बुधबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्ट्राइकर लियोनल मेस्सीले ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोनालाई स्पानियोलले १–० ले पराजित गरेको हो। 

मेस्सीले प्रहार गरेको पेनाल्टी स्पानियोलका गोलरक्षक डिएगो लोपेजले बचाएका थिए ।स्पानियोलको जितमा खेलको ८८ औँ मिनेटमा ओस्कार मेलेन्डोले गोल गरेका थिए। 

यी दुई टोलीबिचको दोस्रो क्वाटरफाइनल खेल जनवरी २५ मा हुनेछ। 

त्यस्तै प्रतियोगिता अन्तर्गत राति भएको क्वाटरफाइनलको पहिलो लेगमा सेभिल्लाले एथ्लेटिको मड्रिड तथा भ्यालेन्सियाले एलाभेसलाई समान २–१ ले पराजित गरेका छन्।

 

प्रकाशित: ४ माघ २०७४ ०५:२८ बिहीबार

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित