केप टाउन – भारत शनिबार दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा २ सय ९ रनमा समेटिएको छ ।
९२–७ मा भएको भारतको इनिङलाई हार्दिक पाण्डेय र भुवनेश्वर कुमारले आठांै विकेटका लागि ९५ रनको साझेदारी गर्दै उकासेका थिए । ९५ बल खेलेका पाण्डेयले १४ चौका र १ छक्काको मद्दतमा ९३ रन जोड्दा ८६ बलको सामना गरेका कुमारले ४ चौकाको मद्दतमा २५ रन जोडे ।
यसअघि २८–३ बाट दोस्रो दिनको खेल सुरु गरेको भारतले चेतेश्वर पुजारालाई २६, रोहित शर्मालाई ११ र रविचन्द्रन आश्विनलाई ६ रनमा गुमाएको थियो । भारतलाई सस्तोमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा र भेर्नान फिलान्डरले समान ३÷३ तथा डेल स्टेन र मोने मोर्केलले समान २–२ विकेट लिए ।
यसअघि शुक्रबार पहिलो दिन टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय ८६ रनमा समेटिएको थियो ।
प्रकाशित: २३ पुस २०७४ ०१:०८ आइतबार