१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डको सामान्य सुरुआत

सिड्नी– इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ ।
पहिलो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड २३३–५ मा खेलिरहेको छ । डेभिड मालन ५५ रनमा खेलिरहेका छन् । १ सय ६० बल खेलेका मालनले ५ चौका प्रहार गरे । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले गतिलो सुरुआत गर्न सकेन । इङ्ल्यान्डले २८ रन जोड्दा ओपनर मार्क स्टोनम्यानलाई गुमाएको थियो । २४ रन जोडेका स्टोनम्यानलाई पाट कमिङ्सले विकेटकिपर टिम पायनेबाट क्याच गराएका थिए ।

त्यस्तै ८८ रन जोड्दा जेम्स भिन्सेलाई गुमाएको इङ्ल्यान्डले ९५ रन जोड्दा अर्का ओपनर एलेस्टर कुकलाई गुमाएको थियो । २५ रन जोडेको भिन्सेलाई कमिङ्सले विकेटकिपर पायनेबाट क्याच गराउँदा ३९ रन जोडेका कुकलाई तीव्र गतिका बलर जोस हाज्लेउडले एलबिडब्लुको सिकार बनाएका थिए ।

९५–३ मा भएको इङ्ल्यान्डको इनिङलाई कप्तान जो रुट र मालनले चौथो विकेटका लागि १ सय ३३ रनको साझेदारी गर्दै उकासेका थिए  । १ सय ४१ बल खेलेका रुटले ८ चौका प्रहार गरे । मिचेल स्टार्कले मिचेल मार्सबाट क्याच गराएपछि शृंखलामा पहिलो शतक प्रहार गर्ने रुटको लक्ष्य विफल भएको थियो । अस्ट्रेलियाका हाज्लेउड र कमिङ्सले समान २÷२ विकेट लिँदा स्टार्कले एक विकेट लिए । सुरुआती तीन खेल जितेको अस्ट्रेलियाले यसअघि नै ३–० ले शृंखला जितिसकेको छ । चौथो खेल बराबरीमा सकिएको थियो ।

 

 

 

प्रकाशित: २१ पुस २०७४ ००:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App