लन्डन– लिग लिडर म्यान्चेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा १५ अंकको स्पष्ट अग्रता कामय राखेको छ। प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ।
म्यान्चेस्टर सिटीलाई विजयी गराउन एकमात्र निर्णयक गोल खेलको ३१औं मिनेटमा रहिम स्टर्लिङले गरेका थिए। जितपछि शीर्षस्थानको म्यान्चेस्टर सिटीको २० खेलबाछ ५८ अंक भएको छ। सिटीसँग पराजित न्युकासल युनाईटेड १८ अंकसहित लिगको १५ औं स्थानमा छ।
दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडभन्दा सिटी १५ अंकले अगाडि छ। युनाइटेडको समान २० खेलबाट ४३ अंक छ। सिटीले यो सिजनको लिग उचाल्ने सम्भावना प्रबल देखिएको छ।
लिगअन्तर्गत आज राति हुने एकमात्र खेलमा लिगको छैटौं स्थानमा रहेको आर्सनल र १६ स्थानको क्रिष्टल प्यालेस आमने सामने हुँदैछन्।
प्रकाशित: १३ पुस २०७४ ०२:१३ बिहीबार