४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

इपीएलमा पोखरा–काठमाडौं र विराटनगर–चितवन भिड्दै

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल हुँदैछ। 

३ खेल खेलिसकेको काठमाडौंले २ खेलमा हार र १ खेलमा जित निकालेको छ। यता पोखरा राइनोजले भने पहिलो खेलमा चितवन टाइगर्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेपनि दोस्रो खेलमा विराटनगर वारियर्ससँग भने पराजित भएको थियो। 

त्यस्तै दिउँसो १२ः४५ देखी सुरु हुने आजको दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्दैछन्। विराटनगरले खेलेका २ वटै खेलमा जित निकाल्दा चितवनले भने २ वटै खेलमा पराजय भोगेको छ।

प्रकाशित: ७ पुस २०७४ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App