१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

कठमाण्डौं– एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवन टाइगर्सले निर्धारित २० ओभरमा ९  विकेट गुमाइ ११३ रन बनाएको हो। चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ र अनिलकुमार मण्डलले ३२ रनको योगदान दिए।

चितवनलाई ११३ रनमा समेटन पोखराका लागि विदेशी खेलाडीहरु इसरुल्लाहले ४ तथा ताज वलीले ३ विकेट लिए। अहिले पोखरा राइनोज ११३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा पोखराले अहिले ३.४ ओभरमा विना विकेट २१ रन बनाएर खेलिरहेको छ। 

 

प्रकाशित: ४ पुस २०७४ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App