१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सुनिरालाई रजत

नेपालकी टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट–१ मा शुक्रबार रजत जितेकी छन्। ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गर्ल्स सिंगल्सको फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन्।

बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए। सुनिरा पहिलो चरणमा बाई पाउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्। प्रिक्वार्टरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वार्टरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन्।

त्यस्तै सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनल स्थान पक्का गरेकी थिइन्। उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए। तीनै खेलाडी पदकविहीन बने। नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट–२ मा पनि सहभागिता जनाउनेछ। सर्किट–२ भने बंगलादेशको राजशाहीमा हुनेछ।

प्रकाशित: २५ कार्तिक २०८० ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App