आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटबाट हराएको हो।
यस अघि न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ गर्न लगाएपछि श्रीलंकाले ४६ दशमलब ४ ओभरमा १७१ रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा न्युजिल्याण्डले २३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।
न्युजिल्याण्डलाई बिजयी गराउन डेवन कॉन्वेले ४५ रन , डैरिल मिचेलले ४३ रन तथा रचिन रविंद्रले ४२ रन बनाए । त्यसैगरी कप्तान केन विलियमसनले १४ रन तथा ग्लेन फ़िलिप्सले १७ रन बनाए ।
श्रीलंकाका लागि एंजलो मैथ्यूजले २ विकेट तथा दुश्मांता चमीरा र महीश थीक्षणाले एक एक विकेट लिए।
यसअघि श्रीलंकाको पालीमा कुसल परेराले २८ बलमा ९ चौका र २ छक्कासहित ५१ रन बनाए।त्यसैगरी महीश थीक्षणाले आउट नभई ३८ रन बनाए । धनंजय डीसिल्वा र दिलशान मदुशंकाले १९ /१९ रन तथा एंजलो मैथ्यूज़ १६ रन बनाउनु बाहेक बाँकी कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकालाई १७१ रनमा सिमित राख्न न्युजिल्याण्डका ट्रेंट बोल्टले १० ओभरमा ३ मेडन ओभर राख्दै ३७ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी लॉकी फ़र्ग्युस , मिचेल सैंटनर र चिन रविंद्रले दुई दुई विकेट लिए । टिम साउदीले एक जनालाई आउट गरे।
यो जितसंगै न्युजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । ९ खेलमा न्युजिल्याड ५ जित र ४ हारसंगै १० अंकका साथ चौथो स्थानमा रहेको छ । एक खेल कम खेलका पाकिस्तान र अफगानिस्तानको ८ / ८ अंक रहेको छ । पाकिस्तानले अन्तिम खेल इग्ल्याण्डसंग तथा अफगानिस्तानले दक्षिण अफ्रिकासंग खेल्न बाँकी रहेको छ । यी खेल पछि अन्तिम चारमा पुग्नेको टुंगो लाग्ने छ । यस अघि भारत , दक्षिण अफ्रिका र अष्ट्रेलिया अन्तिम चारमा पुगिसकेका छन।न्युजिल्याण्ड पाकिस्तान र अफगानिस्तान तीन मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछन।
प्रकाशित: २३ कार्तिक २०८० १४:५५ बिहीबार