आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र श्रीलङ्काबिच खेल भइरहेको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ गर्न लगाएको छ।
ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ। श्रीलंकाले पहिलो विकेट १ दशमलब ५ ओभरमा , दोस्रो विकेट ४ दशमलब १ ओभर तथा तेस्रो विकेट ४ दशमलब ४ ओभरमा गुमाएको हो।श्रीलंकाका पथुम निसंका २ रनमा ,कप्तान कुसल मेंडिस ६ रनमा तथा सदीरा समराविक्रमा १ रन बनाएर आउट भएका छन।न्युजिल्याण्डका ट्रेंट बोल्टले २ विकेट तथा टिम साउदीले १ विकेट लिए।
अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रको छ।
केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले हालसम्म ८ खेल खेलेको छ। जसमा ६ मा जित हात पारेको छ। समान ८ खेल खेलेको श्रीलङ्काले भने जम्मा २ मा जित हात पार्न सकेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।
प्रकाशित: २३ कार्तिक २०८० ०९:०६ बिहीबार