४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली टोलीको घोषणा, सन्दीप पनि टोलीमा फर्किए

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा यस अघिका खेल नखेलका सन्दीप लामिछने पनि परेका छन।

त्रिकोणात्मक टि२० सिरिजबाट  व्यक्तिगत कारण देखाउँदै नाम फिर्तालिएका सन्दीप टोलीमा पर्दा  स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका छन्।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ।समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालको टोली 

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

प्रकाशित: ११ कार्तिक २०८० ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App