७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङद्वारा नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको हङकङ निर्धारित २० ओभरमा ३ बल बाँकी छदै ९४ रनमा अलआउट भयो।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले समान २/२ विकेट लिए। जबकी कुशल मल्ल र मौसम ढकालले समान एक एक विकेट लिए।

प्रकाशित: २ कार्तिक २०८० ०६:५२ बिहीबार

त्रिकोणात्मक टी २० क्रिकेट