२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारी मनका साथ सन्दीपको स्टाटस: आगामी प्रतियोगिता खेल्दिन

नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएका छन्।

सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुर्नर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म।’

प्रकाशित: २६ आश्विन २०८० ०२:४२ शुक्रबार

क्रिकेट सन्दीप लामिछाने नेपाली क्रिकेट टिम