विश्वकप क्रिकेट अन्र्तगत भारतविरुद्ध अफगानिस्तानले २७२ रन बनाएको छ। भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको हो।
अफगानिस्तानका लागि सबै भन्दा वढि कप्तान हशमतउल्लाह शहीदीले ८० रन बनाए । त्यसैगरी अज़मतउल्लाह ओमरज़ाईले ६२ रन बनाए । त्यसैगरी इब्राहिम ज़दरानले २२ , रहमानउल्लाह गुरबाज़ले २१, मोहम्मद नबीले १९, रहमत शाह र राशिद ख़ानले १६ /१६ रन बनाए ।
भारतका लागि जसप्रीत बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी हार्दिक पंड्याले २ विकेट तथा शार्दुल ठाकुर र कुलदिप यादवले एक एक विकेट हात पारे।
भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।
भारतीय टोली
रोहित शर्मा कप्तान ,इशान किशन,विराट कोहली,श्रेयस अय्यर,के एल राहुल,हार्दिक पंड्या,रवींद्र जाडेजा,शार्दुल ठाकुर,जसप्रीत बुमराह,कुलदीप यादव र मोहम्मद सिराज
अफगानिस्तानी टोली
हशमतउल्लाह शहीदी कप्तान ,रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,अज़मतउल्लाह ओमरज़ाई, मोहम्मद नबी,नजीबउल्लाह ज़दरान,राशिद ख़ान,मुजीब उर रहमान,फ़ज़लहक़ फ़ारूक़ी र नवीन उल हक़
प्रकाशित: २४ आश्विन २०८० १२:३४ बुधबार