२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बुङताङ  सेमिफाइनलमा

काठमाडौं– पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार नयाँ बसपार्कमा बुङताङले कोटेश्वरको ग्लासियर कलेजलाई २३–२५, २५–९, २३–२५, २५–२३, १५–१३ ले जित्दै अन्तिम चारमा स्थान बनाएको हो।

 बिजेता बुङताङका आशिष मगर म्यान अफ द म्याचबाट पुरस्कृत भए । 
पुरुषतर्फको अन्य खेलमा कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी, भक्तपुरको स्प्रिङडेल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र न्युटन हाइस्कुल क्वाटरफाईनलमा प्रवेश गरेका छन्।

लिटिल बुद्धले काभ्रे विद्यालय भलिबल कमिसनलाई २५–१३,२५–१९ ले, स्प्रिङडेलले दोलखाको सैलुङघ्याङ युवा क्लबलाई २५–१७, २५–१५ ले पराजित गरे। 

ढोरपाटन स्पोटर््स क्लबले आरुणी स्कुललाई २५–१६, २५–२३ ले र न्युटन हाइस्कुलले सुर्खेतको भलिबल संघलाई २५–१८,२५–१३ ले पराजित गरेका छन्। 

शुक्रबार क्वार्टरफाइनलमा लिटिलबुद्धले स्प्रिङडेलसँग र ढोरपाटनले  न्युटनसँग प्रतिस्पर्धा गर्नेछन् । 
यसै गरी महिलातर्फ क्वार्टरफाइनलमा दाङको श्रीगाउँ खेलकुद विकास समितिले टप्स माविसँग शुक्रबार खेल्नेछ । 
अर्को खेलमा ढोरपाटनले एभरेस्ट स्कुलसँग सेमिफाइनलमा प्रवेशका प्रतिस्पर्धा गर्नेछ। 

बिहीबार भएको खेलमा श्रीगाउँ खेलकुदले काभ्रे विद्यालय भलिबल कमिसनलाई २५–१६, २५–९ ले हरायो । 
टप्स माविले काठमाडौंको विन्ध्यवासिनी स्कुललाई २५–१८, २५–१४ ले, ढोरपाटन स्पोटर्स क्लबले माफलाई २५–८, २५–८ ले सहजै हरायो। 

नेपाल विद्यालय भलिबल कमिसनले आयोजना गरेको प्रतियोगिताको फाइनल  कात्तिक १९ गते हुनेछ । 

प्रकाशित: १७ कार्तिक २०७४ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App