१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

काठमाडौं- शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
१६ टिमले भाग लिएका कारण शिवम् न्यु डायमन्ड र मेघौली स्पोटर््स  सोझै प्रिक्वार्टरफाइनल पुगेका थिए । बुधबार न्यु डायमन्डले थ्री स्टार एकेडेमीलाई २५–४, २५–८ को सहज नतिजामा हरायो । मेघौली स्पोर्ट्स भने वाकओभर पाएर अन्तिम ८ मा पुगेको हो ।
उमेर समूहमा पहिलो पटक गरिएको १८ वर्षमुनिको प्रतियोगितामा महिलातर्फ १६ तथा पुरुषमा २३ टोलीको सहभागिता छ ।
पुरुषतर्फ बूढानीलकण्ठको थ्री स्टार एकेडेमी र  ग्लेसियर कलेज क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स टेनिङ सेन्टरको कोर्टमा थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५–२१, २५–१४ को नतिजामा पराजित ग¥यो । पहिलो सेटमा झापाले थ्री स्टारमाथि केही दबाब बनाए पनि दोस्रो सेटमा भने कमजोर देखिएको थियो ।
बुधबार कोटेश्वरको ग्लेसियर र धादिङको एड्भान्स एकेडेमीबीचको खेल प्रतिस्पर्धात्मक बन्यो । पहिलो सेट ग्लेसियरले सहजै २५–१० ले जित्यो । दोस्रो सेट भने रोमाञ्चक बन्दै लम्बिएको थियो । तर ग्लेसियरले दोस्रो सेट ३१–२९ को अन्तरमा जित्दै क्वार्टरफाइनलको टिकट काट्यो ।
यसै गरी पुरुषतर्फका अन्य खेलमा नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेडहार्टले जित हासिल गर्दै क्वार्टरफाइनल पुगेका छन् ।
बुङताङले धनुषाको विनायक स्कुललाई २५–९, २५–१५ को नतिजामा हराउँदा सेक्रेडहार्टले मोरङ विद्यालय भलिबल कमिसनलाई २५–१५, २५–१६ ले पराजित गरेको छ । क्वार्टरफाइनलमा सेक्रेटहार्टले थ्री स्टारसँग खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि  बुङताङले ग्लेसियरसँग प्रतिस्पर्धा गर्नेछ ।
कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितालाई जुनियर राष्ट्रिय टोली छनोटको आधार बनाइने बताइएको छ । प्रतियोगिताको  लिग चरणका खेल बेस्ट अफ थ्री र नकआउट चरणका खेल बेस्ट अफ फाइभको आधारमा हुनेछन । प्रतियोगिताबाट आयोजक विद्यालय भलिबल कमिसनले महिला र पुरुषतर्फ समान २४ खेलाडी छनोट गर्ने बताएको छ । पहिलो चरणमा छनोट गरिएका खेलाडीहरूबीचको बन्द प्रशिक्षणबाट यु–१८ को राष्ट्रिय टिम तयार पार्ने आयोजकले बताएको छ । त्यहाँबाट तयार हुने राष्ट्रिय टोलीले चैतमा माल्दिभ्समा हुने जुनियर च्याम्पियनसिपमा भाग लिनेछ ।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App