२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: नेदरल्यान्ड्स विरुद्ध पाकिस्तानले २८६ रन बनायो

भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।

भारतको हैदराबादमा भएको दिवारात्री यो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  ४९ ओभरमा २ सय ८६ रन बनाउँदा सबै विकेट गुमायो।पाकिस्तानका लागि सबै भन्दा वढि  मोहम्मद रिजवान र साउद सकिलले ६८/ ६८ रन बनाए।त्यसैगरी मोहमद नवाजले ३९ तथा सादव खानले ३२ रनको योगदान दिए।

नेदरल्यान्ड्सका लागि  बास डी लिडले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए।कोलिन एकरम्यानले  २ विकेट लिए। त्यसैगरी अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक विकेट लिए। 

प्रकाशित: १९ आश्विन २०८० १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App