काठमाडौँ – मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्यो ।
मलेसियाले दिएको १२२ रनको लक्ष्यलाई नेपालले २३.१ ओभरको क्षतिमा बिना विकेट भेट्टायो । नेपालका लागि आसिफ शेख ५० र सन्दिप सुनारले ५१ रन बनाए ।
फाइनल प्रवेशसँगै नेपाल एसियाकपको लागि छनोट भएको छ।
प्रकाशित: ३१ भाद्र २०७४ ०८:३७ शनिबार