काठमाडौं- फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।
प्रत्येक विधामा शीर्ष पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्दा फुटबलपछि एथलेटिक्सका चार खेलाडी परेका छन् । कान्छीमाया कोजु, सरस्वती भट्टराई, सोमबहादुर कुमाल र प्रशिक्षक पुष्पराज ओझा मनोनयनमा पर्न सफल एथलेटिक्सकर्मी हुन् ।
भदौ २६ मा हुने स्पोर्ट्स अवार्डमा आठ विधा समावेश छन् । त्यसमध्ये पिपल्स च्वाइस विधामा पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ भने लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा एथलिट विधामा मनोनयन नगरी सोझै विजेता घोषणा गरिने मञ्चले जनाएको छ ।
पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी गराएका छन् ।
वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा उत्कृष्ट पुरुष खेलाडीको विधामा किरणसहित क्रिकेटका स्टार शरद भेषावकर, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।
त्यस्तै महिलातर्फ कान्छीमाया, सरस्वती र सावित्रासहित ब्याटमिन्टनकी नङ्सल तामाङ र आर्चरीकी ज्ञानु अवाले पर्न सफल भएका छन् । कान्छीमाया पिपुल्स च्वाइस विधामा पनि मनोनयनमा छिन् । युवातर्फ अनन्तसँगै राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोतोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली उत्कृष्ट पाँचमा समेटिएका छन् । दीपेन्द्र पिपुल्स च्वाइस मनोनयनमा पनि छन् । त्यस्तै प्रशिक्षक विधामा कोजी र मेघराजसहित राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, एथ्लेटिक्सका पुष्पराज ओझा र ब्याड्मिन्टनका किरण थापा मनोनयनमा परेका छन् ।
खेलाडी छनोट समितिका संयोजक राजु घिसिङले वर्षभर अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको बताए ।
महिला
कान्छीमाया कोजु, एथलेटिक्स
– म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान
– २०७३ मा भाग लिएका सबै पाँच हाफ म्याराथन च्याम्पियन
– सातौं राष्ट्रिय खेलकुदको ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक
ज्ञानु अवाले, आर्चरी
– बंगलादेशमा भएको इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा रजत जित्दा टोलीका लागि सर्वाधिक स्कोर गर्ने खेलाडी
– सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक
– रिकर्भ ७० मिटरमा ३ सय अंक पार गर्ने पहिलो नेपाली महिला
नङ्सल तामाङ, ब्याडमिन्टन
– पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा उपाधि तथा महिला एकलमा कांस्य पदक विजेता
– बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनलसम्मको यात्रा
– सातौं राष्ट्रिय खेलकुदमा चारसहित घरेलु प्रतियोगितामा सात उपाधि
सावित्रा भण्डारी, फुटबल
– अन्तर्राष्ट्रिय खेलमा १३ तथा राष्ट्रिय प्रतियोगितामा २९ गोल
– अन्तर्राष्ट्रिय फुटबलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो नेपाली महिला
– प्रधान सेनापति कपमा एपिएफलाई च्याम्पियन बनाउँदा सर्वाधिक १३ गोल गर्दै सर्वोत्कृष्ट खेलाडी हुन सफल
सरस्वती भट्टराई,
– रियो ओलम्पिकमा १ हजार ५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल
– १ हजार ५ सय मिटरमा ४ मिनेट ३३.९४ सेकेन्डको नयाँ कीर्तिमान
– सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण
पुरुष
किरणकुमार लिम्बु , फुटबल
– एएफसी सोलिडारिटी कप जित्दा सेमिफाइनलमा लाओससँग टाइब्रेकरमा ३ पेनाल्टी रोक्न सफल
– एएफसी एसियन कप छनोटमा फिलिपिन्सविरुद्ध पेनाल्टी बचाएका
– बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा माल्दिभियन क्लब टिसी स्पोर्ट्सलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन
रत्नजित तामाङ, ब्याड्मिन्टन
– दिदी नङ्सलस“गै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन
– नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनल पुगेका
– सातौं राष्ट्रिय खेलकुदमा भाग लिएका सबै ४ सहित घरेलु प्रतियोगितामा स्वर्ण
शरद भेषावकर, क्रिकेट
– वितेको वर्ष ९ खेलमा २ सय ६४ रन बनाउनुका साथै ४ विकेट लिन सफल
– अविजित रहँदै तीन पटक अर्धशतक बनाएका
– नेपालको सफलतामा उत्कृष्ट फिनिसरका रूपमा स्थापित
सोमबहादुर कुमाल, एथ्लेटिक्स
– ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत
– सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण
मानबहादुर श्रेष्ठ, भलिबल
– एसियन सेन्ट्रल जोन भलिबलमा कांस्य जित्दा प्रतियोगिताका बेस्ट आउटसाइड अट्याकर घोषित
– बंगबन्धु च्याम्पियनसिपमा २ पटक म्यान अफ दी म्याच हुन सफल
– सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक
युवा
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
– २०७३ सालमा नेपाली टिमका लागि सर्वाधिक ३५७ रन
– ४ अर्धशतकका साथै ४ विकेट लिन सफल
– राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
अनन्त तामाङ, फुटबल
– एएफसी सोलिडारिटी कप विजेता टोलीका महŒवपूर्ण खेलाडी
– रक्षापंक्तिको जिम्मेवारी भए पनि सेमिफाइनलमा ओभरल्यापमा गएर गोल गर्न सफल
मनिता श्रेष्ठ प्रधान, जुडो
– क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्य पदक
– सातौं राष्ट्रिय खेलकुदसहित तीन घरेलु प्रतियोगितामा स्वर्ण पदक
– अम्बिका मेमोरियल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी
कमला श्रेष्ठ, भारोत्तोलन
– वर्ष २०७३ मा चार राष्ट्रिय कीर्तिमान
– सातौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित तीन स्वर्ण पदक
– १२ वर्ष पुरानो कीर्तिमानमा सुधार
प्रतिभा माली, भलिबल
– न्यु डायमन्ड एकेडेमीलाई घरेलु प्रतियोगिताका चार उपाधि जिताउने सेन्ट्रल स्पाइकर
–४ प्रतियोगितामा उत्कृष्ट खेलाडीसहित थुप्रै व्यक्तिगत पुरस्कार
–माल्दिभ्सको मिस्किमागुलाई त्यहाँको राष्ट्रिय च्याम्पियनसिप जिताउँदाकी सर्वोत्कृष्ट विदेशी खेलाडी
प्रशिक्षक
ग्याटुको कोजी, फुटबल
– नेपाली राष्ट्रिय फुटबल टिमलाई सोलिडारिटी कप च्याम्पियन बनाउने प्रशिक्षक ग्याटुको कोजी
– वर्षभर खेलिएका ६ मध्ये ३ खेलमा जित
पुष्पराज ओझा, एथ्लेटिक्स
– रियो ओलम्पिकमा सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदाका प्रशिक्षक
– सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्य पदक जिताउन सफल
मेघराज केसी, फुटबल
– एएफसी कपको प्रारम्भिक छनोटमा थ्री स्टारलाई पहिलो बनाउँदै प्लेअफमा छनोट गराउने प्रशिक्षक
– गुवाहटीमा भएको ६४औं बोर्डोलोई ट्रफीमा थ्री स्टारलाई च्याम्पियन बनाउन सफल
जगत टमाटा, क्रिकेट
– विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ६ मध्ये ४ खेल जिताएका प्रशिक्षक
– नामिबियाविरुद्ध २ तथा केन्या र नेदरल्यान्ड्सस“ग १÷१ खेलमा सफलता
– इमर्जिङ टिम्स कपमा हङकङमाथि जित
किरण थापा, ब्याड्मिन्टन
– पाकिस्तान इन्टरनेसनल सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जित्दाका प्रशिक्षक
– नङ्सललाई पाकिस्तानमा महिला एकलको कांस्य पदकसम्म डो¥याउन सफल
प्रकाशित: १९ भाद्र २०७४ ०३:५५ सोमबार