२ असार २०८१ आइतबार
image/svg+xml
खेल

कटारीलाई झापामा करातेको २१ स्वर्ण

उदयपुरको कटारी नगरपालिका भर्खरै सम्पन्न अन्तराष्ट्रियस्तरको सितेरियो कराते प्रतियोगितामा २१ स्वर्णसहित ४० पदक प्राप्त गर्न सफल भएको छ । झापाको मेचीनगर नगरपालिकामा भर्खरै सम्पन्न ‘ईन्डो नेपाल कराते च्याम्पियन २०२३’मा कटारीको सितेरियो कराते टिमलाई सो पदक हात परेको हो।

कटारीको खेलाडी टिमले प्रतियोगितामा २१ स्वर्ण, १० रजत र ९ कास्य पदक प्राप्त गरेको नगर खेलकुद विकास समितिले जनाएको छ । स्थानको हिसावले भने कटारीलाई दोस्रो स्थान प्राप्त भएको छ । प्रतियोगितामा आयोजक मेचीनगर प्रथम भएको छ ।

नेपाल र भारतका बिभिन्न जिल्लाका गरी बिभिन्न ५२ खेला समूहले भाग लिएको प्रतियोगितामा कटारीले गौरवपूर्ण विजयी हात पारेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । टिम प्रशिक्षक चरिबहादुर लामाका अनुसार टोलीले जितेर ल्याएको ट्रफि सोमबार आयोजित एक कार्यक्रममा नगरपालिकालाई हस्तान्तरण गरेको बताए।

नगर उपप्रमुख गीता खड्काले ट्रफि ग्रहण गर्दै खेलाडी टोलीलाई बधाई तथा स्वागत गरिन् । कार्यक्रममा उपमेयर खड्काले कटारीका खेलाडीहरुले अन्तराष्ट्रियस्तरको खेलहरूमा एकपछि अर्को सफलता पाउँदै गएकोमा खुसी व्यक्त गर्दै थप प्रगति गर्दै जान ढाडस दिइन् । यसअघि काठमाडौँमा सम्पन्न यु फिट्टीन फुटबल खेलमा पनि कटारीले उपाधि जितेर ल्याएको थियो।

नगरपालिका बाहिरका बिभिन्न ठाउँमा प्रतिस्पर्धा गरेर विजयी हुनुले खेलाडीहरुले कटारीको नाम र इज्जत राखेकोमा उपमेयर खड्काले खेलाडीहरूलाई स्याबासी दिइन् । कटारी खेलकुद क्षेत्रमा निकै अगाडि बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनले आगामी थप प्रगति गर्दै जानका लागि नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी र कार्यक्रम बढाउँदै लाने आश्वासन दिइन्।

प्रकाशित: १९ भाद्र २०८० १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App