४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

वाकाबा कप व्याडमिन्टन खेल्न जापान जाने यू–१५ खेलाडीको विदाई

कास्की जिल्ला व्याडमिन्टन संघले खेलाडी विदाई गरेपछि। तस्बिरःनागरिक

जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ। यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने दश खेलाडीसहित १४ जनाको टोलीलाई विदाई गरिएको हो।  

टोलीको नेतृत्वमा भूगोल गुरुङले गर्ने छन्। गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन्। उनकै नेतृत्वमा टोली मंगलबार काठमाडौंबाट जापान प्रस्थान गर्ने छ। टोलीलाई सोमबार कास्की जिल्ला व्याडमिन्टन संघले खादा लगाई सफलताको शुभकामनासहत विदाई गरेको हो।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले विदाई गरेका हुन्। राना यु–१५ छात्रा तर्फ नेपाल च्याम्पियन समेत हुन्। मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनले आयोजना गरेको विद्यालयस्ततरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि समेत रानाले जितेकी थिईन।  

टोलीमा छात्र तर्फको प्रशिक्षकमा बुद्ध बोगटी रहेका छन्। छात्रा तर्फको प्रशिक्षकमा पुनम गुरुङ हुन। सल्लाहकारमा राजु नेपाल छन्। सहभागि खेलाडीहरुमा मिजास उदास, आरुष सिंखडा, अभिराज शेरचन, निभा राई, श्रेनी प्रधानाङ्ग, अष्मिता खत्री, दियोन भण्डारी, आयुष्मा नेपाल, गजराज कार्की, सक्षम गुरुङ र दिलाशा राना रहेका छन्। उनीहरुले तीनदिन प्रतिस्पर्धा गर्ने छन।  

सहभागि खेलाडीहरुलाई जापानीज प्रशिक्षक सुजियो यामामोतोले प्रशिक्षण दिएका थिए। यामामोतोकै संयोजनमा खेलाडीहरुले जापानमा हुने अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार जापानीज प्रशिक्षक यामामोतोले सहभागि खेलाडीलाई कास्की जिल्ला व्याडमिन्टन संघको हलमा ४० दिन नियमित प्रशिक्षण गराएका थिए।  

प्रकाशित: ८ श्रावण २०८० ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App