८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो। युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन्।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्र्माले २८ रन जोडे। बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए। बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ। अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ।  

प्रकाशित: १७ असार २०८० ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App