२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप फुटबल :नेपालले पाकिस्तानलाई हरायो

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १- ० गोल अन्तरले हराएको हो। 

यस प्रतियोगितामा एक मात्र खेल जिताउन पाकिस्तान विरुद्ध नेपालका आशिस चौधरीले गोल गरेका हुन। उनले खेलको ७९ औ मिनेटमा गोल गरेका हुन।उनी पहिलो पटक राष्ट्रिय टोलीमा रहँदै डेब्यु गोल गर्न सफल भएका छन।

समूह ए मा रहेको नेपाल यस अघि कुवेत र भारतसंग पराजित रहँदै समूह चरणबाट बाहिरी सकेको छ। पाकिस्तानले चाहि यस प्रतियोगितामा कुनै खेल जित्न सकेन। समूह ए मा नेपाल ३ अंक पाएर तेस्रो हुन सफल भएको छ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ। आज साँझ यी दुईबिचको विजेता समूहको शीर्ष स्थान रहेनेछन। 

प्रकाशित: १२ असार २०८० १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App