१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै

प्रतिस्पर्धा गर्नु अघि अभ्यासमा व्यस्त नेपाली खेलाडी (तस्बिर एन्फा)

भारतको बैंगलोरमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले र भारतसंग प्रतिस्पर्धा गर्दैछ।

बैंगलोरस्थित श्री कांतिराव रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ।

जारी खेलमा नेपालको यो दोस्रो खेल हो।पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । दोश्रो चरणमा पुग्न नेपाललाई आज जित्नै पर्ने अवस्था रहेको छ।  

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो।

नेपाल यस प्रतियोगिताको  साविक उपविजेता हो भने भारत  साविक विजेता हो । नेपाल र भारतले आधिकारिक रूपमा अहिले सम्म २३ खेल खेलेक छन्। २३ मध्ये १६ खेल भारतले जितेको छ भने नेपालले दुई खेलमात्र जितेको छ । बाँकी ५ खेल बराबरीमा टुंगिएको छ। समूह चरणको अन्तिम खेलमा नेपालले आउने मंगलबार पाकिस्तान खेल्नेछ।

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपाल सहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाएका छन । यस संस्करणमा कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा रहेका हुन ।  नेपालको समूह ए मा भारत, कुवेत र पाकिस्तान रहेका छन । त्यसैगरी समूह बी मा लेबनान,माल्दिभ्सले ,बंगलादेश र भुटान रहेका छन।  

प्रकाशित: ९ असार २०८० ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App