आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई तेश्रो सफलता हात लागेको छ ।
सन्दीप लामिछानेले वेस्ट इन्डिजका ब्रान्डन किंगलाई १५ दशमलब ३ ओभरमा बोल्ड आउट गराए । वेस्ट इन्डिजले तेश्रो विकेट गुमाउँदा जम्मा ५५ रन मात्र बनाएको छ ।सन्दीपले आफ्नो पहिलो ओभर कुनै रन दिएन र दोश्रो ओभरको तेश्रो बलमा विकेट लिएका हुन । यस अघि दुई खेल विकेट विहिन भएका सन्दीप आज विकेट लिन सफल भए।
प्रकाशित: ७ असार २०८० ०८:१६ बिहीबार