१९औं एसियाली खेलकुदका लागि नेपालका छ जना स्क्वास खेलाडी छनोट गरिएको छ। नेपाल स्क्वास एन्ड राकेट्स संघले चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि समान ३/३ पुरुष/महिला गरी ६ खेलाडी छनोट गरेको हो। पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापामगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भए।
प्रकाशित: ७ असार २०८० ०२:५१ बिहीबार