२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कीर्तिमानतर्फ चर्च ब्वाइज

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड डेब्यु सिजनमै उपाधि जित्दै मनाङ मस्र्याङ्दीको नाममा रहेको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेको छ। मनाङले सन् १९८६ मा लिगमा डेब्यु सिजनमै विजेता बन्ने कीर्तिमान रचेको थियो।  

गत वर्ष ‘बी’ डिभिजनको च्याम्पियनको हैसियतमा शीर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले ‘ए’ डिभिजन च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टका साथै रक्षक अनन्त तामाङलाई टोलीमा अनुबन्धित गरेको थियो। लिगको सुरुआती ५ खेलमा शतप्रतिशत नतिजा निकालेको चर्च ब्वाइजले त्यसपछि लगातार बराबरी खेलेसँगै शीर्ष स्थान गुमाएको थियो। शीर्ष स्थानबाट तल झरेको चर्च ब्वाइज तत्कालीन प्रशिक्षक प्रदीप हुमागाई श्रम स्वीकृति नआएको भन्दै बाहिरिएसँगै दबाबमा परेको थियो।

हुमागाईको बहिर्गमनपछि टोली सम्हालेका बालगोपाल महर्जनको प्रशिक्षणमा भने टोलीले लय समाएको थियो। पहिलो चरणमा चर्च ब्वाइजको अपराजित यात्रामा जावलाखेल युथ क्लबले पूर्णविराम लगाइदिएको थियो। दोस्रो चरणमा चर्च ब्वाइजले लगातार उत्कृष्ट लय कायम राख्दा जावलाखेल युथ क्लबले भने निरन्तर लय गुमाएको थियो। शीर्ष स्थानको दौडमा रहेको जावलाखेल लगातार खराब लयका कारण तेस्रो स्थानमा झर्दा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले दोस्रो स्थानमा बलियो पकड बनाएको छ।

चर्च ब्वाइज र जावलाखेबीचको खेलले यस सिजनको लिग उपाधि दौडमा ठूलो अर्थ राख्नेछ। जावलाखेलमाथिको जितले चर्च ब्वाइज उपाधि दौडमा थप अघि बढ्नेछ। सो जितले चर्च ब्वाइजले कम्तीमा २४ घण्टाका लागि शीर्ष स्थानको अग्रता ५ अंकमा पुर्याउनेछ। चर्च ब्वाइजमाथिको जितले जावलाखेलले दोस्रो स्थानमा उक्लिँदै दूरी १ अंकमा झार्नेछ।  

शीर्ष स्थानको चर्च ब्वाइजको २३ खेलमा ४१ अंक छ। जुन दोस्रो स्थानको मच्छिन्द्रभन्दा २ अंक मात्र बढी हो। तेस्रो स्थानको जावलाखेलको समान खेलमा ३७ अंक रहेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने दोस्रो खेलमा चर्च ब्वाइज र जावलाखेल दोस्रो पटक आमनेसामने हुनेछन्। सो खेलले यस सिजनको लिग उपाधि दौडमा ठूलो अर्थ राख्नेछ। जावलाखेलमाथिको जितले चर्च ब्वाइज उपाधि दौडमा थप अघि बढ्नेछ। सो जितले चर्च ब्वाइजले कम्तीमा २४ घण्टाका लागि शीर्ष स्थानको अग्रता पाँच अंकमा पुर्याउनेछ। दोस्रो स्थानको मच्छिन्द्रले आइतबार चौथो स्थानको नेपाल पुलिस क्लबको सामना गर्नेछ। चर्च ब्वाइजले २५औं चरणमा थ्री स्टार क्लब र अन्तिम चरणमा एफसी खुमलटारसँग प्रतिस्पर्धा गर्नेछ। थ्री स्टार र खुमलटार रेलिगेसनबाट बाँच्न संघर्षरत छन। त्यसले पनि चर्च ब्वाइज यी दुई टोलीमाथि सहजै हाबी हुने अनुमान गरिएको छ। यता पहिलो चरणमा चर्च ब्वाइजको अपराजित यात्रामा पूर्णविराम लगाएको जावलाखेल सोही नतिजा दोहोर्याउँदै लिग विजेताको होड कायम राख्न चाहन्छ। चर्च ब्वाइजमाथिको जितले जावलाखेलले दोस्रो स्थानमा उक्लिँदै दूरी १ अंकमा झार्नेछ।  

बराबरीको नतिजाले पनि उपाधि होड खुला राख्नेछ। चर्च ब्वाइजमाथि जावलाखेलको जित वा बराबरको प्रत्यक्ष फाइदा भने लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको मच्छिन्द्रलाई पुग्नेछ। यता शनिबार नै दशरथ रंगशालामा हुने खेलमा विभागीय क्लब एपिएफको सामना गर्दा थ्री स्टार क्लब जितसहित रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ। थ्री स्टार २३ खेलमा २७ अंकसहित ११औं स्थानमा छ। जुन १३औं स्थानको फ्रेन्ड्स क्लबभन्दा २ तथा अन्तिम स्थानको खुमलटारभन्दा ३ अंक मात्र बढी हो।  

एपिएफसँगको हारले थ्री स्टारको रेलिगेसन सम्भावना बढ्नेछ। यता एपिएफ भने थ्री स्टारलाई हराउँदै ‘ए’ डिभिजन हैसियत कायम राख्न चाहन्छ। आठौं स्थानको एपिएफको २३ खेलमा २९ अंक छ। शनिबार नै हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पछिल्लो चार खेलमा लगातार पराजित भएको सातदोबाटो जित लयमा फर्कने लक्ष्यमा रहेको छ।

प्रकाशित: २० जेष्ठ २०८० ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App