२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मेसीलाई कारवाही गर्ने निर्णयको बार्सिलोनाद्वारा विरोध

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले लियोनेल मेसीलाई फिफाले गरेको अनुशासनको कारबाही अन्याय र निराशाजनक भएको बताएको छ।

‘अर्जेन्टिनाका खेलाडी मेसीलाई चार खेलमा निलम्बन गर्नु पूर्ण रूपमा अन्यायपूर्ण छ। यसले निराश बनाएको छ। अन्ततः मेसी अनुशासनमा उदाहरणीय खेलाडी हुन्। उनलाई क्लब समर्थन गर्छ।’

बुधबार बार्सिलोना क्लबले विज्ञप्ति जारी गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अनुशासन कमिटीले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको हो ।

विश्वकप छनोट चरणअन्तर्गत चिली र अर्जेन्टिनाविरुद्धको खेलमा मेसीले रेफ्रीमाथि अपशब्द प्रयोग गरेको भन्दै चार खेलमा निलम्बन गरेको थियो ।

बार्सिलोनाले भनेको छ, ‘अर्जेन्टिनाका खेलाडी मेसीलाई चार खेलमा निलम्बन गर्नु पूर्ण रूपमा अन्यायपूर्ण छ। यसले निराश बनाएको छ। अन्ततः मेसी अनुशासनमा उदाहरणीय खेलाडी हुन्। उनलाई क्लब समर्थन गर्छ।’

मेसीलाई चार खेलमा निलम्बन गर्दा अर्जेन्टिनाले विश्वकप छनोटका पाँच खेल खेल्न बाँकी थियो । जसमध्ये मंगलबार राति बोलिभियाविरुद्धको एक खेल खेलिसकेको छ।

जुन खेलमा अर्जेन्टिना २–० को नतिजामा पराजित भएको थियो। पछिल्लो साता अर्जेन्टिनाले चिलीलाई हराएको थियो। मंगलबार बोलिभियाविरुद्धको खेलको केही घण्टाअघि फिफाले मेसीलाई निलम्बन गरेको घोषणा गरेको थियो। उनले अब बाँकी चारमध्ये तीन खेल गुमाउनेछन्। मेसीले अगस्ट ३१ मा हुने उरुग्वे, घरेलु मैदानमा सेप्टेम्बरमा भेनेजुएला र अक्टोवर ५ मा पेरुविरुद्धका खेल गुमाउनेछन्।

प्रकाशित: १७ चैत्र २०७३ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App